उसले हात हल्लाउदै बिदाई को
इशारा गर्दै थिई। उसका रसाएका आखाँ बाट चोखो मायाको भाव पोखिदै थियो। उ बिस्तारै विमानस्थल सुरक्षाजांच
कक्षतिर अगाडी बढ्न थाली। मैले पनि फेरी भेट हुने आशा मा हात हल्लाईरहे जब सम्म उ
मेरो आखाँ बाट ओझेल परिन। उसलाई त्यो क्षण मा देख्दा मेरा आखाहरू पनि भरिई सकेका
थिए। बिस्तारै प्लेन उड्न थाल्यो, टाढा क्षितिज सम्म फर्केर हेरिरहें, शायद म अन्तिम क्षण पनि उसलाई
एकपटक फेरी देख्न सकूँ। मलाई थाहा थियो केही बेरपछी त्यो क्षितिज पनि मेरो नजरवाट
विलुप्त हुनेछ, अनि मा सधै सधै को लागि एक्लो
हुनेछु..अनि.. अनि .. आफैलाई सम्झाउदै पाईला अगाडी बढाउन थालें..
0 comments:
Post a Comment